शुक्रबार, वैशाख ४, २०८३

हेड टु हेड : युएईसँग सुखद अन्त्यको खोजीमा नेपाल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- श्रीलंकामा जारी एसिसी यू-१९ एसिया कप क्रिकेट अन्तर्गत नेपाली टोलीले समूहमा आफ्नो अन्तिम खेल खेल्दै छ। प्रतियोगिताबाट बाहिरि सकेको नेपालले सुखद अन्त्य गर्ने योजनासहित आज (मंगलबार) युएईसँग खेल्दै छ। 

खेल नेपाली समय अनुसार बिहान ९:४५ बजेसुरु हुने छ। यसअघि समूका दुई खेल खेलेको नेपालले दुबै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरि सकेकोको छ। 

युएईविरुद्ध भने जित निकाल्दै सुदख अन्त्य गर्ने योजनामा छ। सुखद अन्त्यका लागि नेपाल तुलनात्मक कमजोर टिम युएईलाई शिकार बनाउने योजनामा हुनेछ।

यस युएई पनि सुखद अन्त्य गर्न चाहन्छ। युएई नेपाललाई पराजित गर्दै एक जित निकालेर घर फर्कन चाहन्छ। समूह ‘बी’ मा रहेका दुबै टोली अंक विहिन रहदै पुछारमा छन्। 

हेड टु हेड

पछिल्लो पाँच खेलको नतिजा हेर्दा नेपाल युएईमाथी हाबी देखिएको छ। त्यसैले पनि नेपालले सुखद अन्त्य गर्ने सम्भावना बलियो देखिएको छ। पछिल्लो पाँच भेटमा नेपालले ४ खेल जितेको छ भने एक गुमाएको छ।

यसै वर्ष भएको यू-१९ विश्वकप छनोटमा नेपाल युएईसँग पराजित भएको थियो। गत अप्रीलमा मलेसियामा भएको विश्वकप छनोटमा खेल वर्षाले प्रभावित पारे पछि डीएल पद्दतिको आधारमा नेपालले युएईसँग १ रनले पराजित भएको थियो । सोहि खेलको नतिजाले नेपाल विश्वकपमा पुग्नबाट बन्चित भएको थियो। 

२०१९ मा नै भएको एसियन युथमा नेपालले ३ विकेटले परमाजित गर्दा २०१५ मा भएको एसिसी यु-१९ प्रिमियर लिगमा १४९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। 

सन् २०१४ मा भएको एसिसी यु-१९ प्रिमियर लिगमा नै ९४ रनले जित निकाल्दा २०१३ मा भएको एसिया युथ कपमा १०२ रनले पराजित गरेको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।