काठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारीको ह्याट्रिकको मद्दतले नेपाललले घरेलु टोली किर्गीस्तानमाथी फराकिलो जित निकालेको छ। आइतबार भएको नादेझ्दा कप फुटबलमा नेपालले घरेलु टोलीलाई ८-२ को फराकिलो अन्तरले पराजति गरेको हो।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपालको जितमा सावित्रा भण्डारीले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै अनिता बस्नेतले दुई तथा दिपा राई र कप्तान निरु थापाले एक एक गोल गरिन्। पहिलो हाफमा ६-२ को अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप दुई गोल गरेको थियो।
खेलको तेस्रो मिनेटमा नै सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन्। १५ औं मिनेटमा सावित्राले नै व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन्। उनले पेनाल्टी श्रेत्र नजिकैबाट उत्कृष्ट प्रहार गर्दै अग्रता दोब्बर पारेकी हुन्।
२० औं मिनेटमा किर्गीस्तानले एक गोल फर्काउदा खेल २-१ को स्थितीमा पुग्यो। २२ औं मिनेटमा पुनः किर्गीस्तानले गोल गर्दै खेल २-२ को बराबरीमा ल्यायो। २२ औं मिनेटमा दिपा राईले गोल गरेपछि खेलमा नेपालले पुनः अग्रता लियो।
३० औं मिनेटमा सावित्राले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरीन्। ३४ औं मिनेटमा अनिताले गाल गर्दा नेपाल ५-२ को स्थितीमा पुग्यो। ३७ औं मिनेटमा निरुले गोल गर्दै पहिलो हाफमा नेपाललाई ६-२ को अग्रता दिलाइन्।
दोस्रो हाफमा थप दुई गोल गर्ने क्रममा ५४ औं मिनेटमा सावित्राले आफ्नो चौथो गोल गर्दा ९० औं मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालाई ८-० को फराकिलो नित दिलाइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४