काठमाडौं- कीर्गिस्तानमा जारी नादेझ्दा कप फुटबल अन्तर्गत नेपाली महिला फुटबल टोलीले घरेलु टोलीसँगको पहिलो हाफमा आधा दर्जन गोल गरेको छ। काराकोलस्थित सेन्ट्रल स्टेडियममा जारी खेलको पहिलो हाफमा नेपालले ६-२ गोलले अग्रता बनाएको छ।
नेपालका लागि सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै दीपा राई, अनिता बस्नेत र निरु थापाले एक एक गोल गरे।
खेलको तेस्रो मिनेटमा नै सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन्। १५ औं मिनेटमा सावित्राले नै व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन्। १९ औं मिनेटमा कीर्गिस्तानले एक गोल फर्काउदा खेलका २-१ को स्थितीमा पुग्यो।
२२ औं मिनेटमा पुनः कीर्गिस्तानले गाेल गर्दै खेल २-२ को बराबरीमा ल्यायाे। तर, त्यसपछि नेपाललले थप चार गोल गर्दा सावित्राले ह्याटिक पुरा गरिन्। २२ औं मिनेटमा दीपा राईले गोल गरिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४