शुक्रबार, साउन २९, २०८३

पर्चुगलको जितमा रोनाल्डोको गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- सन् २०२० मा आयोजना हुने युरो कप छनोट अन्तर्गत पोर्चुगलले सर्वियामाथी फराकिलो जित निकालेको छ। शनिबार राति भएको खेलमा पोर्चुगलले सर्वियालाई ४-२ ले पराजति गरेको हो। 

पर्चुगलको जितका लागि विलियम कार्वाल्हो, गोनकलो गेदेस, क्रिस्टियानो रोनाल्डो र बर्नार्डो सिल्भाले एक एक गोल गरे। सर्वियाका मिलिनकोभिकले र मित्रोभिकल एक एक गोल फर्काएका थिए।

पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा विलियम कार्वाल्होले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए। त्यसपछि दोस्रो हाफमा थप तीन गोल गर्दा दुई गोल खान पुगेको थियो। खेलको ५८ औं मिनेटमा गोनकलो गेदेसले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे। 

६८ औ मिनेटमा सर्वियाका मिलिनकोभिकले गोल गर्दै अ‍ेल २-१ को स्थितीमा ल्याए। ८० औ मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई ३-१ को अग्रता दिलाउँदा ८५ औं मिनेटमा मित्रोभिकले गोल गर्दै ३-२ ले गोल अन्तर घटाए। तर खेलको ८६ औं मिने सिल्भाले गोल गर्दै पोर्चुगललाई ४-२ को जित दिलाए। 

समूह ‘बी’ मा रहेको पोर्चुगलको यो पहिलो जित हो। यस जितसँग पोर्चुगलले तीन खेलबाट ५ अंक जोड्दै दोस्रो स्थानमा छ। सर्विया भने ४ खेलबाट ४ अंक सहित तालिकाको चौथो स्थानमा छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।