शुक्रबार, साउन २९, २०८३

हेड टु हेड : नेपाल र बंगलादेशमा को बलियो?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- एसिसी यू-१९ एसिया कप क्रिकेट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज (आइतबार) बंगलादेशको सामना गर्दै छ। खेल नेपाली समय अनुसार बिहान ९:४५ बजे सुरु हुनेछ। 

घरेलु टोली श्रीलंकासाग आफ्नो पहिलो खेल गुमाएको नेपाललाई अर्को चरणको यात्रा जिवितै राख्न बंगलादेशसँग जित्नै पर्ने दबाबा रहेको छ। पहिलो खेलमा छ विकेटले भोगेको पराजयसँगै नेपालको दोस्रो चरणको यात्रा कठिन बनेको छ। 

त्यसैले यो नेपालका लागि जित्नै पर्ने दबाब छ। तर, नेपाललाई बंगलादेशमाथी जित निकाल्न त्यती सजिलो भने छैन्। पछिल्लो पाँच खेलको आँकडा हेर्ने हो भने बंगलादेश नेपालमाथी हाबी देखीएको छ।

हेड टु हेड

नेपाल र बंगलादेशबीचका पछिल्ला पाँच खेलको आँकडा हेर्ने हो भने नेपाल बंगलादेशसँग जित विहिन बनेको छ। पाँच भेटमा बंगलादेशले ४ खेल जितेको छ। एक खेल भने वर्षाको कारण नतिजा विहिन भएको छ।

सन् २०१९ मा एसिया युथमा भएको पछिल्लो भेटमा नेपाल बंगलादेशसँग दुई विकेटले पराजित भएको छ। त्यस्तै २०१६ मा भएको यू-१९ विश्वकप क्रिकेटमा नेपाल ६ विकेटले पराजित हुँदा, २००८ मा बंगलादेश टुरमा तीन विकेटले पराजति भएको थियो। 

बंगलादेश टुरमा नै अर्को खेल वर्षले प्रभावित भएपछि रद्ध भएको थियो। २००८ कै बंगलादेश टुरको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग १११ रनको फराकिलो अन्तरले पराजति भएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।