शुक्रबार, साउन २९, २०८३

केनको  ह्याट्रिकमा इंग्यान्ड विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- स्टार स्ट्राइकर ह्यारी केनले ह्याट्रिक गरेपछि इंग्ल्यान्डले सहज जित निकालेको छ। सन् २०२० मा आयोजना हुने युरो कप छनोट अन्तर्गत शनिबार राति भएको खेलमा इंग्ल्यान्डले बुल्गेरियालाई ४-० ले पराजत गरेको हो। 

इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले ह्याट्रिक गर्दा थप एक गोल रहिम स्ट्रर्लिङले गरेका थिए। खेलको २४ औं मिनेटमा केनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए। त्यसपछि दोस्रो हाफमा थप तीन गोल गगर्ने क्रममा खेलको ४९ औं मिनेटमा केनले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे। 

५५ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै इंग्ल्यान्डलाई ३-० को अग्रता दिलाए। त्यसपछि खेलको ७३ औं मिनेटमा केनले पुनः पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पुरा गरेपछि इंग्ल्यान्ड ४-० को फराकिलो जित निकालेको हो। 

यसजितसँगै समूह ‘ए’ मा रहेको इंग्ल्यान्डले ३ खेलबाट ९ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ। पराजित बुल्गेरिया पाँच खेलबाट २ अंक जोडेर चौंथो स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।