शुक्रबार, वैशाख ४, २०८३

टी-२० वरियतामा पारस गेल र धोनी भन्दा अगाडी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले सार्वजनिक गरेको नयाँ टी-२० वरियताको अलराउण्डरतर्फ कप्तान पारस खड्काले वेष्ट इन्डिजका आन्द्रे रसेल, क्रिस गेल, भारतका सुरेश रैना, रोहित शर्मा, अफगानिस्तानका राशिद खान र इंग्ल्याण्डका बेन स्टोक्सलाई पछि पारेका छन्। 

कप्तान खड्का ९० रेटिङ सहित वरियताको २७ औं स्थानमा हरेका छन्। कप्तान पारसको सर्वाधिक उच्च वरियता भने २५ रहेको छ । ब्याटिङतर्फ कप्तान पारस ४१७ रेटिङ अंक सहित ६८ औं स्थानमा रहेका छन्। उनले भारतका महेन्द्र सिंह धोनी र वेष्ट इण्डिजका क्रिस गेललाई पछि पारेका छन्। 

त्यस्तै नयाँ वरियतामा नेपालका सोमपाल कामी र बसन्त रेग्मी पनि अटाएका छन्। अलराउण्डरतर्फ ४९ रेटिङ अंक पाएका सोमपाल ६७ औं स्थानमा यथावत रहेका छन् । त्यस्तै बलिङको वरियतामा सोमपाल ४११ रेटिङ अंक सहित ७८ औं स्थानमा यथावत छन्। बलिङतर्फ मात्र अटाएका बसन्त एक स्थान तल झर्दै ७२ औं स्थानमा रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।