एजेन्सी-श्रीलंकाका अनुभवि तिब्र गतिका बलर लाथिस मालिंगाले अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा चार नयाँ कीर्तिमान बनाएका छन्। शुक्रबार न्युजिल्यान्डविरुद्ध भएको सिरिजको अन्तिम खेलमा उनले आफ्नो क्रिकेट जीवनमा थप चार कीर्तिमान बनाएका हुन्।
उनले तीन खेलको रिसिजनको अन्तिम खेलमा पाँच विकेट लिए। यससंगै मालिंगाले अन्तराष्ट्रिय टी-२० क्रिकेटमा सबै भन्दा छिटो एक सय विकेट पुरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनले आफ्नो ७६ औं खेलमा एक सय विकेटको आँकडा पुरा गरेका हुन्।
मालिंगाले पाकिस्तानका पूर्व कप्तान शाहिद आफ्रीदीको ९७ विकेटको रेकर्ड न्युजिल्यान्डविरुद्ध आइतबार भएको खेलका तोडेका थिए। न्युजिल्यान्डविरुद्ध सिरिजको अन्तिम खेलमा मालिंगाले लगातार चार बलमा चार विकेट लिँदै अर्को कीर्तिमान समेत बनाए।
उनले आफ्नो दोस्रो ओभरको तेस्रो बलमा कोलिन मुन्रोलाई बोल्ड गर्दै पहिलो विकेट लिँदा चौथो बलमा हामिश रुथरफोर्डलाई एलबिडब्लु आउट गर्दै पेसिभलियन फर्काए। सोहि ओभरका पाँचौ बलमा कोलिन डी ग्राण्डहोमलाई बोल्ड गर्दै ह्याट्रिक पुरा गर्दा अन्तिम बलमा रोस टेलरलाई एलबिडब्लुको शिकार बनाए।
उनले लगातार चार बलमा ४ विकेट लिने खेलाडीको कीर्तिमान बनाए। मालिंगाले दोस्रो पटक ४ बलमा ४ विकेट लिएका हुन्। यससंगै उनी टी-२० अन्तराष्ट्रियमा दुई ह्याट्रिक लिने पहिलो खेलाडी बने।
टेस्टबाट २०११ मा सन्या लिएका ३६ वर्षीय मालिंगा अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच पटक ह्याट्रिक लिने पहिलो खेलाडी समेत हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४