शुक्रबार, साउन २९, २०८३

नवयुग र अजित राष्ट्रिय टोली बाहिर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौ- नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर नवयुग श्रेष्ठ र डिफेन्डर अजित भण्डारी राष्ट्रिय टोली बाहिर रहने भएका छन्। निरन्तर ज्वरोले सताएपछि नवयुग टोलीबाट बाहिरिएका हुन्।

त्यस्तै अजितले कुवेतविरुद्धको खेलका दौरान चोट बोकेपछि राष्ट्रिय टोलीबाट बाहिरिएका छन्। बिरामीकै कारण नवयुगले विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्वको खेल गृुमाएका थिए। 

अजितले कुवेतविरुद्ध खेलमा खेलको ५४ औं मिनेटमा चोट बोक्दै मैदान बाहिरिएका थिए। अजितको स्थानमा दिनेश राजवंशी मैदान प्रवेश गरेका थिए । अजितले मैदान फर्कीन करिब एक महिना लाग्ने छ। 

दुवै खेलाडीले विश्वकप छनोट अन्तर्गत चाईनिज ताईपेविरुद्वको खेल गुमाउनेछन् । अब दुबैको स्थानमा डिफेन्डर रवि सिलवाल र फरवार्ड विमल रानालाई टोलीमा बोलाइने भएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।