शुक्रबार, साउन २९, २०८३

नेयमारको गोलमा ब्राजिलले बराबरी खेल्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- स्टार स्ट्राइकर नेयमारले गोल गरेपछि अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले कोलम्बियासँग बराबरी खेलेको छ । शनिबार बिहान भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले कोलम्बियासँग २-२ गोलको बराबरी खेलेको हो।

२-१ ले पछि परेको अवस्थामा नेयमारले गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको १९ औं मिनेटमा कासिमिरोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। तर, ब्राजिलको अग्रता धेरै समय टिक्न सकेन्। 

ब्राजिलले गोल गरेको छ मिनेट नबित्दै कोलम्बियाका लुइस मुरिएलले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। खेलको ३५ औं मिनेटमा मुरिएलले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बियालाई पहिलो हाफमा २-१ को अग्रता दिलाए । 

त्यसपछि खेलको ५८ औं मिनेटमा नेयमारले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए। लामो समय चौटका कारण मैदान बाहिर रहेका नेयमार यसै खेलबाट खेलमा फर्किएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।