काठमाडौं- एसिसी यू-१९ एसिया कप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासँग पराजित भएको छ । आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा शुत्रबार भएको खेलमा नेपाल श्रीलंकासँग ५ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १ सय ६० रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंकाले ३३.४ ओभरमा मात्र ५ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो। घरेलु टोलीका लागि कामिल मिश्रले अर्धशतकीय पारी खले। उनले ६२ बलमा तीन चौका प्रहार गर्दै ५५ रनको अर्धशतकीय पारी खेलेका हुन्।

त्यस्तै अहन विक्रामासिंहेले ३०, निपुन धनन्जयले १८, रविन्दु डि सिल्भाले १५ र नाभोद दिनुश्रीले १२ रनको योगदान दिए । अभिश्का थारिन्दु २५ र चमिन्दु विजेसिंहे १ रनमा अविजित रहे।
नेपालका लागि रासिद खानले दुई तथा पवन सरार्फ, कमल सिंह ऐरी र सागर ढकालले एक एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रन जाडेको थियो। वर्षाले प्रभावित पारेपछि खेल ४२ ओभरमा छोट्याइएको खेलमा खराव सुरुवा गरेको नेपालका लागि ओपनर ब्याट्सम्यान रित गौतले अर्धशतकीय पारी खेले। उनले ८६ बलको सामना गर्दै ४ चौकाको मद्दतमा ५४ रनको अर्धशतीय पारी खेलेका हुन् ।
त्यस्तै कप्ता रोहित कुमार पौडेल अर्धशतक बनाउनबाट तीन रनले चुके। उनले ८० बलमा एक चौका प्रहार गर्दै ४७ रन जोडेका हुन्। कप्तान रोहित र रितले ९१ रनको साझेदारी गरेका थिए।

हरिबहादुर चौहानले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेन्। पाँचौ ओभरको चौथौ बलमा टोलीको स्कोर १६ पुग्दा पहिलो विकेटको रुपमा पवन सरार्फलाई गुमाएको नेपालले २४ रन पुग्दा आसिफ सेखलाई सातौ ओभरको अन्तिम बलमा दोस्रो विकेटको रुपमा गुमायो। पवन ४ रनमा पेभिलियन फर्किदा आसिफले ७ रन जोडे।
त्यसपछि तेस्रो विकेटको रुपमा रितलाई गुमाउँदा चौथो विकेटको रुपमा नेपालले रोहितलाई गुमायो। भिम सार्कीले १, कुसल मल्ल २, कमल सिंह ऐरी २ र सागर ढकाल १ रनमा आउट भए। राशिद खान १५ र सुर्य तामाङ १ रनमा अविजित रहे।
श्रलिंकाका लागि नाभोद दिनुश्री र दिल्शान मदुशंकुरले सर्वाधिक तीन तीन विकेट लिए। त्यस्तै रोहन संजय सिल्भा र आशिन डानिएलले एक एक विकेट लिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४