शुक्रबार, वैशाख ४, २०८३

मेस्सीसँग क्लब छोड्न पाउने अधिकार सुरक्षित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- बार्सिलोनाका कप्तान लियोनल मेस्सीसँग क्लब छोड्ने अधिकार रहेको बताइएको छ। उनले बार्सिलोना छोड्न चाहेको समयमा सजिलै छोड्न सक्ने उनका सहकर्मी जिरार्ड पिकेले बताएका छन्। 

मेस्सीले चाहे अर्को सिजनको अन्त्यमा विना मूल्य क्लब छोड्दै अन्य क्लबमा जान सक्ने छन्। तर मेस्सीले क्लब छोड्न चाहेमा मे महिना सकिनुअघि क्लबलाई जानकारी दिन पर्नेछ।
 
‘मलाई थाहा थियो की उनले चाहेको समयमा बिना मूल्यमा क्लब छोड्न सक्नेछन्, जुन कुरा मलाई पहिले नै थाहा थियो । तर, मेस्सीलाई बार्सिलोना छोड्न कुनै हतार भने छैन।’ 

पिकेले भने, ‘मेस्सी बार्सिलोनाका लागि एक प्रेरणा हुन् र उनको यो अधिकारले हामीलाई कुनै चिन्ता पनि छैन। उनी आफ्नो भविस्यका लागि राम्रो कदम चाल्नेछन् भन्ने विस्वास लिएको छु।’ 

मेस्सीको क्याम्प नाउमा २०२१ सम्मका लागि सम्झौता छ। रिपोर्टका अनुसार हरेक सिजनको अन्त्यमा उनले चाहे क्लबले अनुमति दिने बताइएको छ। कार्लोस पुयोल, जाभी हेर्नान्डेज र आन्द्रे इनिस्टाले समान सिजनको अन्त्यसम्मका लागि क्लबसँग सम्झौता गरेका थिए। 

मेस्सीलाई २०१७ को सम्झौतापछि यो अधिकार दिइएको थियो। मेस्सीलाई सिजनको ६ महिनापछि आफू अन्य क्लबमा जान चाहे उक्त क्लबसँग कुराकनी गर्न स्वतन्त्र हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।