शुक्रबार, वैशाख ४, २०८३

श्रीलंकालाई नेपालको १६० रनको सामान्य लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- एसिसी यू-१९ एसिया कप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेल नेपालले घरेलु टोली श्रीलंकालाई जितका लागि १ सय ६० रनको सामान्य लक्ष्य सुम्पेकोछ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रन जाडेको हो। 

आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा वर्षाले प्रभावित पारेपछि खेल ४२ ओभरमा छोट्याइएको थियो। खराव सुरुवा गरेको नेपालका लागि ओपनर ब्याट्सम्यान रित गौतले अर्धशतकीय पारी खेले। उनले ८६ बलको सामना गर्दै ४ चौकाको मद्दतमा ५४ रनको अर्धशतीय पारी खेलेका हुन् । 

त्यस्तै कप्ता रोहित कुमार पौडेल अर्धशतक बनाउनबाट तीन रनले चुके। उनले ८० बलमा एक चौका प्रहार गर्दै ४७ रन जोडेका हुन्। हरिबहादुर चौहानले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेन्। 

पाँचौ ओभरको चौथौ बलमा टोलीको स्कोर १६ पुग्दा पहिलो विकेटको रुपमा पवन सरार्फलाई गुमाएको नेपालले २४ रन पुग्दा आसिफ सेखलाई सातौ ओभरको अन्तिम बलमा दोस्रो विकेटको रुपमा गुमायो। पवन ४ रनमा पेभिलियन फर्किदा आसिफले ७ रन जोडे। 

त्यसपछि कप्तान रोहित र रितले ९१ रनको साझेदारी गरे। तेस्रो विकेटको रुपमा रितलाई गुमाउँदा चौथो विकेटको रुपमा नेपालले रोहितलाई गुमायो। भिम सार्कीले १, कुसल मल्ल २, कमल सिंह ऐरी २ र सागर ढकाल १ रनमा आउट भए।  राशिद खान १५ र सुर्य तामाङ १ रनमा अविजित रहे।

श्रलिंकाका लागि नाभोद दिनुश्री र दिल्शान मदुशंकुरले सर्वाधिक तीन तीन विकेट लिए। त्यस्तै रोहन संजय सिल्भा र आशिन डानिएलले एक एक विकेट लिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।