बिहीबार, भदौ ४, २०८३

जुडीफाँट-चिसापानी खण्डमा अवरुद्ध

अविरल वर्षासँगै ठाउँ-ठाउँमा आएको पहिरोका कारण तनहुँ र स्याङजा जोड्ने शुक्लागण्डकी दुलेगौंडा ढोरबाराही मोटर मार्गको जुडीफाँट-चिसापानी सडकखण्ड अवरुद्ध भएको छ।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

तनहुँ- अविरल वर्षासँगै ठाउँ-ठाउँमा आएको पहिरोका कारण तनहुँ र स्याङजा जोड्ने शुक्लागण्डकी दुलेगौंडा ढोरबाराही मोटर मार्गको जुडीफाँट-चिसापानी सडकखण्ड अवरुद्ध भएको छ।

पहिरोले सडक अवरुद्ध भएपछि चिसापानी आसपासबाट चल्ने सवारीसाधन भानुमती उक्लेर भीमाद हुँदै गुडिरहेको हरिनास गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले बताइन्। सडक अवरुद्ध हुदाँ दुई जिल्लाको जनजवीन प्रभावित बनेको छ।

गत असारमा पनि पहिरो खसेको थियो। एक हप्तापछि पहिरो हटाएर सडकमा सवारी चल्न थालेका थिए। तर, फेरि पहिरो खसेको हो।

तनहुँको शुक्लागण्डकी नगरपालिका-१० जुडीफाँटदेखि स्याङजाको हरिनास गाउँपालिकाको केन्द्र चित्रेभञ्याङ जोड्ने यो सडक कालोपत्रेको काम भइरहेको छ। 

प्रदेश सरकारको लगानीमा क्याङदी खोलमा ४० मिटर लामो मोटरेबल पुल र १६ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको हो। ३२ करोड ६५ लाख रुपैयाँमा पुल र सडकको काम गोल्डेनगुड बानियाँ जेभीले गरेको छ।

प्रकाशित: Aug 29, 2021| 07:23 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।