शुक्रबार, वैशाख ४, २०८३

कुवेतसँग नेपालको लज्जास्पद हार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतसँग लज्जास्पद हार ब्यहोरेको छ।

कतार विश्वकप २०२२ को छनोट अन्तर्गत दोस्रो चरणको एसिया छनोटको पहिलो खेलमा कुवेतसँग ७-० को लज्जास्पद हार ब्यहोरेको हो।

घरेलु टालीको जितका लागि युसेफ नासिरले दुई, अब्दुल्लाह मावी, फहाद अल हाजेरी, बदेर अल मुट्वा, रिडा हानि र हुसेन अल मोसाविले एक एक गोल गरे ।

खेलको पहिलो हाफमा २-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप ५ गोल खान पुग्यो। खेलको छैटौं मिनेटमा नासिरको गोलबाट नेपाल पछि परेको थियो। १४ औं मिनेटमा अल हाजेरीले गोल गर्दै नेपाल पलिहो हाफमा २-० ले पछि परेको हो। 

खेलको ५१ औं मिनेटमा नासिरले व्यक्तिगत दोस्रो गोल घरेलु टोलीको अग्रता तेब्बर पारे। ५९ औं मिनेटमा अब्दुल्लाहले गोल गर्दा कुवेत ४-० ले अघि रह्यो ।

खेलको ८६ औं मिनेटमा अल मुट्वाले गोल गर्दै ५-० को अग्रता दिलाउँदा खेलको इन्जुरी समयमा मात्र थप दुई गोल भएको थिए। इन्जुरी समय रिडा हानि र मोसाविले गोल एक एक गोल गर्दै नेपाल कुवेतसँग ७-० को लज्जास्पदहार ब्यहोरेको हो। 

कुवेतसँगको फराकिलो हारसँगै समूह ’बी’ को नेपालले विश्वकप छनोटमा खराब सुरुवात गरेको छ । कुवेतले भने पहिलो खेलमा ३ अंक जोडेको छ । अब नेपालले भदौ २४ गते चाइनिज ताईपेसँग उसैको मैदानमा खेल्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।