काबुल– तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि त्रास फैलिइरहेका बेला अफगनिस्तानमा भूकम्पले अर्को त्रास थपिदिएको छ।
अफगानिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा शनिबार भूकम्प गएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुका अनुसार ४.५ म्याग्नीच्युडको भूकम्पका कारण आमनागरिकमा त्रास फैलिएको छ।
भूकम्पले पारेको क्षतिका बारेमा थप विवरण आउन बाँकी रहेको र भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ। एएनआई