शुक्रबार, वैशाख ४, २०८३

एशेज सिरिजमा बेल विनाको खेल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- अष्ट्रेलिया र इंग्ल्यान्डबीच बुधबार भएको एशेज सिरिजको चौथो खेलमा एक अनौठौ विषय देख्न पाइएको छ। उक्त खेलमा अष्ट्रेलियाले विकेटमाथीको बेल विना मैदानमा ब्याटिङ गरिरहेको देखिएको थियो। 

यतिबेला सामाजिक सञ्जालमा विना बेलको खेल भन्दै धेरै टिका टिप्पर्णी भइरहेको छ। तर, विना बेलको खेल खेलाउन आइसिसीको नियममा वैधानिक मानिन्छ। पहिलो दिनको खेल बर्षाले प्रभावित भएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको अष्ट्रेलियाले भारी वर्षा भएपछि मात्र ४४ ओभरको खेल खेलेको थियो।

खेल दौरान तिब्र गतिमा हावा पनि चलिरहेको थियो। जसका कारण बेल विकेटमाथी थामिरहेको थिएन्। बारम्बार विकेटमाथीबाट बेल झर्ने गरेकाले अम्पायरले विना बेलको खेल खेलाउने निर्णय गरेको जनाइएको छ। 
View image on Twitter
विना बेलको खेलका लागि आइसिसीको नियम के छ?

आइसिसीको नियम ८.५ का अनुसार अम्पायर्सले चाहेमा पिचमा हरेको विकेटमाथी विना बेलको खेल गराउन सक्ने छन्। आवस्यकता अनुसार बेललाई हटाउदै अम्पायरले खेल सुरु गर्न सक्ने उल्लेख छ। यदी स्थिती सामान्य भएमा अम्पायरले एक पटक फेरी बेलको प्रयोगका लागि आह्वान गर्न छक्ने छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।