शुक्रबार, वैशाख ४, २०८३

कुवेतविरुद्ध नवयुग नखेल्ने सम्भावना बढी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर नवयुग श्रेष्ठले कुवेतविरुद्धको खेल नखेल्ने भएका छन् । कतार विश्वकप २०२२ को दोस्रो चरणको एसिया छनोट खेल्न कुवेत पुगेका उनी फिबरका कारण घरेलु टोलीवरुद्धको नखेल्ने भएका हुन्। 

दुई दिन देखी आएको फिबरका उनी विश्वकप छनोटको पहिलो खेल गुमाउने भएका छन्। उनी यतिबेला उपचाररत छन्। नेपालले भोली (बिहीबार) कुवेतविरुद्ध खेल्दै आफ्नो विश्वकप छनोटको सुरुवात गर्दैछ । 

कुवेतविरुद्ध उत्कृट प्रदर्शनका लागि खेल्ने प्रशिक्षक जोहान कालिनले बताएका छन्। ‘हामी नतिजाका लागि नभई उत्कृष्ट प्रदर्शनका लागि खेल्ने छौ। किनकी हामीसँग आक्रमक गर्न सक्ने क्षमता छैन्।’ 

प्रशिक्षक कालिनले भने, ‘हामीले मार्चमा उत्कृष्ट प्रदर्शन गरेका थियौ। रक्ष्यात्मक खेल्दै घरेलु टोलीलाई रोक्ने प्रयास गर्ने छौ।’ उनले थपे, ‘कुवेत राम्रो टोली हो। घरेलु टोलीलाई रोक्न हामीलाई गाह्रो पर्नेछ। तर हामी कुनै टिम सँग डराउँदै नौ।’ 

त्यस्तै कप्तान किरण चेम्जोङले टोलीको तयारी राम्रो भएकाले प्रदर्शन उत्कृष्ट रहनेमा आसावादी भएको बताए। किरणले भने- कुवेत राम्रो टोली हो र हामी कुवेतको समाना गर्न तयार छौ। भोलीको खेलमा हामी आनन्द लिँदै खेल्ने छौ।

यता कुवेतका प्रशिक्षक रोमेओ जोजाकले नेपाल राम्रो प्रतिद्धोन्द्धी टोली भएको बताएका छन्। उनले कुवेत पछिल्लो १३ महिना देखी प्रशिक्षण गरिरहेकाले यो तयारी नेपालका लागि मात्र नभई विश्वकप क्वालिफायरका लागि भएको बताए। 

प्रशिक्षक रोमेओले भने- हामीसँग फरक फरक टिमका लागि फरक-फरक योजना छ। तीन वर्षको सिनतम्बन पछि हामी कस्तो छौ हाामीलाई थाहा छैन्। म खुसी छु खेलाडीले परिणामका लागि धेरै मेहेनत गरेका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।