शुक्रबार, वैशाख ४, २०८३

रोनाल्डोले किन स्वीकारेनन् उत्कृष्ट खेलाडीको ब्याच?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी एमा प्रदान गर्ने सबैभन्द उत्कृष्ट खेलाडीको ब्याच अस्वीकार गरेका छन्। यसै वर्षदेखी प्रदान गर्न सुरु गरेको उक्त ब्याच रोनाल्डोले अस्वीका र गरेका हुन्। 

अब यस सिजन पूरै उनको युभेन्ट्स जर्सिमा उक्त मोस्ट भ्यालुएबल खेलाडीको (एमभिपी)को ब्याच देखिने छैन्। उक्त ब्याच गत सिजन सिरी एमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदान गर्ने बताइएको थियो। 

गत सिजन उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपोलीका डिफेन्डर कालिदोउ काउलीबालीले उक्त एमभिपी ब्याच पाएका छन्। त्यस्तै लाजिओका स्टार खेलाडी मिलिनकोभिक साभिकले उत्कृष्ट मिडफिल्डरमा रुपमा एमभिपी ब्याच पाएका छन्। 
Image result for serie a MVP badge
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम दी सनमा अनुसार रोनाल्डोले आफ्नो व्यक्तिगत कारणले गर्दा उक्त ब्याच नलगाएको जनाएको छ। उनले आफ्नो टिम समहर्मीसँगको सम्बन्धलाई समधुर बनाउनका लागि उक्त ब्याच अस्वीकार गरेको जनाएको छ। 

रोनाल्डोले आफ्ना टिम सहकर्मीसँग समान जर्सी लगाएर खेल्न चाहेको बताएका छन्। किनकी आफु आफ्नो टोलीमा एक फरक जर्सीमा सवैश्रेष्ठ खेलाडीको रुपमा मैदान उत्रिदा अन्य खेलाडीलाई अपमान हुने रोनाल्डोको भनाइछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।