शुक्रबार, साउन २९, २०८३

किर्गीस्तानमा ‘नादेझ्दा कप’ खेल्ने नेपाली टोलीको घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- किर्गीस्तानमा आयोजना हुने ‘नादेझ्दा कप’ फुटबल खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार ‘नादेझ्दा कप’ खेल्ने १८ सदस्यिय नेपाली टोलीको घोषणा गरेको हो । 

घरेलु मैदानमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)को बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीबाट १८ खलाडी छनोट गरिएको हो । नेपाली टिम बिहिबार त्यसतर्फ जाने छन् । ‘नादेझ्दा कप’मा आयोजक किर्गीस्तानसहित नेपाल, उज्बेकिस्तान र ताजिकिस्तानले प्रतिस्पर्धा गर्ने छन्  ।

नेपालले आफ्नो पहिलो खेलम किर्गिस्तानसँग भदौ २२ गते खेल्नेछ । यस्तै दोस्रो खेल भदौ २३ गते उज्वेकिस्तान र भदौ २४ गते ताजिकिस्तानसँग खेल्नेछ । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । यस्तै तेस्रो र चौंथोले तेस्रो स्थानमा लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल भदौ २६ गते हुनेछ ।

नेपाली टिम

गोलकिपर : एन्जिला सुब्बा, अन्जना राना मगर

डिफेन्डर : हिरा कुमारी भुजेल, गीता राना, पुनम जर्गा मगर,कविता धिमाल, अस्मिता जैसी

मिडफिल्डर : मन्जली कुमारी योन्जन, रेनुका नगरकोटी, अनिता बस्नेत, दिपा राई, शर्मिला थापा

फरवार्ड : सावित्रा भण्डारी, अनिता केसी, रेखा पौडेल, निरु थापा, बिमला चौधरी, इन्दिरा राई
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।