शुक्रबार, वैशाख ४, २०८३

टेबलटेनिस : साग खेल्ने प्रारम्भिक २० खेलाडीको छनोट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि प्रारम्भिक २० टेबलटेनिस खेलाडी छनोटमा परेका छन् । पुरुष तथा महिलामा समान १०–१० गरी २० खेलाडी छनोट गरिएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनकारि दिए। 

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोट प्रतियोगिताबाट पुरुषमा नेपाल प्रहरीका स्यान्टु श्रेष्ठ र विनेश खनिया, एपीएफका पुरुषोत्तम वज्राचार्य, शिवसुन्दर गोथे र सम्योग कपाली, प्रहरीका प्रदीप रोका र चन्दन शाही, नेपाली सेनाका कृष्ण थापा मगर, प्रहरीका सुनिल महर्जन तथा सेनाका मणिकुमार लामा छनोट भए ।

महिलातर्फ प्रहरीकी नविता श्रेष्ठ, सेनाका स्वेच्छा नेम्वाङ, रविना महर्जन र दीक्षा तामाङ, प्रहरीकी एलिना महर्जन, एपीएफकी सेलिशा खड्गी, प्रहरीकी सोनु थापा मगर, एपीएफकी सिक्का सुवाल, प्रदेश १ की गीता भुजेल र आर्मीकी दीक्षा दाहाल छानिए । 

सागमा पुरुष तथा महिलामा समान ५–५ गरी १० खेलाडीले सहभागिताको अवसर पाउने प्रथम उपाध्यक्ष वज्राचार्यले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।