बिहीबार, भदौ ४, २०८३

नवलपुर पहिरोमा बेपत्ता तीनै जनाको शव फेला

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका सूचना अधिकारी मधुसुदन सिंहले शनिबार सुरक्षाकर्मी थप गरी परिचालन गरिएको र उक्त टोलीले शव फेला पारेको बताए। पहिरोमा पुरिएर एकै घरका तीन जना बेपत्ता भएका थिए।
 |  शनिबार, भदौ १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १२, २०७८

नवलपुर- पहिरोमा परी बिहीबार रातिदेखि बेपत्ता तीन जनाको शव फेला परेको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिका–४ को माथिल्लो चार घरेमा अविरल वर्षाका कारण शुक्रबार बिहान २ बजेको समयमा पहिरोमा परी बेपत्ता भएका तीनै जनाको शव शनिबार दिउँसो फेला परेको हो। 

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका सूचना अधिकारी मधुसुदन सिंहले शनिबार सुरक्षाकर्मी थप  गरी परिचालन गरिएको र उक्त टोलीले शव फेला पारेको बताए। पहिरोमा पुरिएर एकै घरका तीन जना बेपत्ता भएका थिए।

हुप्सेकोट–४ माथिल्लो चारघरेका हस्तबहादुर पुलामीकी श्रीमती ४० वर्षीया धनमाया पुलामी, नातिनी ७ वर्षीया भूमिसरा पुलामी र ६ वर्षीया देउमाया पुलामी राति सुतिरहेको समयमा एक्कासी आएको पहिरामा परी बेपत्ता भएका थिए। हस्तबहादुर पुलामीको भने घाइते अवस्थामा उद्धार गरिएको थियो। 

प्रकाशित: Aug 28, 2021| 19:27 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।