शुक्रबार, वैशाख ४, २०८३

विश्वकप छनोट खेल्न नेपाली टोली कुवेत प्रस्थान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपका लागि दोस्रो चरणको एसिया छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टोली कुवेल प्रस्थान गरेको छ। नेपाली टोली कुवेतसँगको अवे खेलका लागि आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेको हो ।

नेपालले भदौ १९ गते कुवेतसँग खेल्दै विश्वकप छनोटको सुरुवा गर्नेछ। त्यस्तै नेपालले दोस्रो खेलमा चाइनिज ताइपेसँग भदौ २४ गते उसैको मैदानमा खेल्नेछ ।एन्फले बिहिबार नियमीत कप्तान विराज महर्जनलाई टोली बाहिर राख्दै कुवेत र चाइनिज ताइपेसँग खेल्ने २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको थियो । 

कप्तान विराजको फिटनेसको समस्या देखिदा टिममा नपरेको मुख्य प्रशिक्षक योहान कालिनले जनाएका छन्। फरवार्ड भरत खवास नेपाली सेनाको तालिमको कारण टिममा छैनन्  ।

विश्वकप छनोटमा नेपाल समूह “बी’ मा रहेको छ । नेपालको समूहमा एसियाली अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् । 

नेपाली टिम 

गोलकिपर :
किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ 

डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल 

मिडफिल्डर : रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई 

फरवार्ड : विमल घर्तिमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।