बिहीबार, भदौ ४, २०८३

फिल्म हलमा आगलागी हुँदा २ करोड बराबरको क्षति

सुनसरीको रामधुनीमा रहेको ‘म्याजिक हल’ मा आगलागी हुँदा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
 |  शनिबार, भदौ १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १२, २०७८

सुनसरी– सुनसरीको रामधुनीमा रहेको ‘म्याजिक हल’ मा आगलागी हुँदा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ। शनिबार बिहान ९ बजे विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ। आगो करिब २ घण्टापछि ११ बजे नियन्त्रणमा लिइएको थियो। हल पूर्ण रुपमा जलेको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ।

आगलागी नियन्त्रणका लागि इटहरी, इनरुवा, वराहक्षेत्र, दुहबी र कोसी गाउँपालिकाका वारुण यन्त्र परिचालित भएको थियो।  त्यस्तै जनपद प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको पहलमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पकलीका प्रमुख इन्स्पेक्टर प्रकाश श्रेष्ठले जानकारी दिए।

हल सञ्चालक पर्शुाराम चौधरीले आफू हलको क्याबिनमा भिडियो मिक्सिङ गर्दै गर्दा धुवाँको गन्ध आएपछि बाहिर गएर हेर्दा आगो सल्किसकेको बताए।

प्रकाशित: Aug 28, 2021| 19:25 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।