एजेन्सी- इल्गिस प्रिमियर लिगमा साविकको विजेता म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । शनिबार राती भएको खेलमा सिटीले ब्राइटनलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले दुई तथा केभिन डी ब्रुएन र बर्नार्डो सिल्भाले एक एक गोल गरे । खेलको दोस्रो मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ४२ औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीले पहिलो हाफमा २-० को अग्रता बनायो ।

खेलको ५५ औं मिनेटमा अग्युरोले व्यक्तिगत दोस्रो गोल गर्दा ७९ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ४-० को जित दिलाए। सिटीले ४ खेलबाट १० अंक जोडेको छ । पराजित ब्राइटनले ४ खेलबाट ४ अंक जोडेको छ ।
त्यस्तै लिभरपुलले बर्नलीलाई ३-० गोलले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको हो । लिभरपुलले खेलको ३३ औं मिनेटमा बर्नलीका क्रिस वुडको आत्मघाती गोलबाट अग्रता बनाएको थियो।
३७ औं मिनेटमा मानेले गोल गरेपछि लिभरपुल पहिलो हाफमा २-० ले अघि रह्यो । खेलको ८० औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई ३-० ले विजयी भएको हो।

जितसँगै लिभरपुलले ४ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पराजित बर्नली ४ खेलबाट ४ अंक जोडेर लिगको ११ औं स्थानमा छ । त्यस्तै अन्य खेलमा चेल्सीले सेफ युनाइटेडसँग २-२ को बराबरी खेलेको छ । म्यानचेस्टर युनाइटेडले साउथहाम्पटपसँग १-१ को बराबरी खेल्दा वेस्टहामले.नर्विचलाई २-० ले पराजति गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४