बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाढी–पहिरो र डुबानमा जेठ ३० यता ९१ जनाको मृत्यु, २८ बेपत्ता

बाढी–पहिरो र डुबानमा जेठ ३० यता ९१ जनाको मृत्यु, २८ बेपत्ता

वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानमा परी गएको जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म ९१ जनाको मृत्यु भएको छ।
 |  शनिबार, भदौ १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १२, २०७८

काठमाडौं– वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानमा परी गएको जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म ९१ जनाको मृत्यु भएको छ। मनसुनजन्य घटनामा परी यो अवधिमा १० बालकसहित ५६ पुरुष र १२ बालिकासहित ३५ महिलाको मृत्यु भएको हो।

बाढी–पहिरो र डुबानमा परी यो अवधिमा ११६ जना घाइते भएका छन्। घाइते हुनेमा १४ बालकसहित ७४ पुरुष र १० बालिकासहित ४२ महिला छन्। 

यस्तै, बाढी–पहिरोमा परी २८ जना बेपत्ता छन्। चार बालकसहित २१ पुरुष र एक बालिकासहित सात महिला बेपत्ता भएका हुन्। 

बाढी–पहिरोमा परेका एक हजार २७५ जनालाई विभिन्न ठाउँबाट उद्धार गरी उनीहरूलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

यो अवधिमा भएका एक हजार १३० वटा विपतका घटनाबाट एक हजार २०९ घरपरिवारका पाँच हजार ९२४ जना मानिस विस्थापित भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 28, 2021| 18:41 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।