मंगलबार, असोज २०, २०८३

कमेडी च्याम्पियनमा ‘पूर्वयुवराज पारस’

उनले सहभागी जजहरुलाई पनि दरबारको आँखिझ्यालबाट नियाल्दै ‘रोस्टिङ गर्ने’ प्रयत्न गरेको ट्रेलर सामग्रीमा देख्न सकिन्छ।
 |  शनिबार, भदौ १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १२, २०७८

काठमाडौं– कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ को शनिबार, १२ भदौको शृंखला हाँस्यप्रेमीहरुका लागि प्रतिक्षाको विषय बन्यो। त्यसको खास कारण यो शृखंलामा साँच्चैका पूर्वयुवराज पारसको उपस्थिति भने होइन। प्रतियोगी भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहको ‘गेट–अप’मा उनको ‘क्यारिकेचर’ प्रस्तुत गर्दैछन् जसलाई ‘ट्रेलर’ले मात्र सबैलाई त्यत्तिकै जिज्ञासु बनाएको देखियो।

‘ट्रेलर’का केही परिदृश्य र संवादहरु शृंखला प्रसारण हुनुपुर्व नै सामाजिक सञ्जाल खासगरी टिकटक, फेसबुक र ट्वीरमा छरिएका छन्। पछिल्लो शृंखलाको यो प्रस्तुतिमा कलाकार पौडेलले पूर्वयुवराज शाहसँग हुबहु मिल्दो ‘गेटअप’मा उनको व्यवहारिक आयाम मार्फत् ब्यङ्ग्य प्रवाहको प्रयास गरेका छन्। 

प्रस्तुतीमा उनले पूर्वयुवराज शाहको ‘हेल्मेट काण्ड’लाई मियो बनाएका छन्। मोटर साइकलमा सवार पारसलाई महाराजगञ्जमा ट्राफिकले समातेको र त्यसमा उनले प्रतिवाद गरेको भिडियो सामग्री यसअघि बाहिरिएको थियो। प्रस्तुतीमा पौडेलले हेल्मेट र श्रीपेचको सम्बन्ध मोह जोडेर व्यङ्ग्य सृजना गर्न खोजेका छन्। साथै, उनले सहभागी जजहरुलाई पनि दरबारको आँखिझ्यालबाट नियाल्दै ‘रोस्टिङ गर्ने’ प्रयत्न गरेको ट्रेलर सामग्रीमा देख्न सकिन्छ। 

ट्रेलर सार्वजनिक भएपछि भरतमणिको यो लुक्सले चारैतिर चर्चा पाइरहेको छ। ट्रेलर युट्युबको ट्रेनिङमा पर्न सफल भएको छ। ताप्लेजुङबाट प्रतिस्पर्धामा सहभागी पौडेलले यस अगाडि पनि पूर्वमन्त्री गोकुल बाँस्कोटासहित नेताहरु राजेन्द्र महतो, सांसद रामनारायण विंडारी र  आफ्नै जिल्लाका नेता योगेश भट्टराईसम्मको क्यारिकेचर गरेर चर्चा कमाएका थिए। 

कलाकार पौडेलले अघिल्लो वर्षको गाइजात्रा कार्यक्रममा पनि पूर्वयुवराज पारसको क्यारिकेचर गरेका थिए। उनका अनुसार त्यो कार्यक्रम पनि अधिक रुचाइएको थियो। पात्र र व्यवहारहरुको खोजी गर्दै जाँदा यसपटकको कमेडी च्याम्पियनमा पनि उनले शाहलाई छोडेनन्। 

‘कमेडी च्याम्पियन २’ को अहिले उत्कृष्ट ४ प्रतिस्पर्धा चलिरहेको छ। आज प्रसारण हुने प्रतिस्पर्धाबाट पौडेल उत्कृष्ट तीनमा पर्ने नपर्ने निक्र्याैल गर्नेछ। पौडेलसहित उत्कृष्ट ४ मा बिक्की अग्रवाल, सन्तोष थापा, हिक्मत महरा पनि छन्। 


प्रकाशित: Aug 28, 2021| 16:44 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।