बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाँच लाखभन्दा बढी अफगान शरणार्थीको ब्यवस्थापन आवश्यक: राष्ट्रसंघ

पाँच लाखभन्दा बढी अफगान शरणार्थीको ब्यवस्थापन आवश्यक: राष्ट्रसंघ

सन् २०२१ को अन्त्यसम्ममा थप पाँच लाखभन्दा बढी अफगानिस्तान नागरिकलाई विदेशमा शरणार्थीका रूपमा ब्यवस्थापन गर्नका लागि तयारी गरिएको संयुक्त राष्ट्रसंघले शुक्रबार जनाएको छ।
 |  शनिबार, भदौ १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १२, २०७८

न्युयोर्क- सन् २०२१ को अन्त्यसम्ममा थप पाँच लाखभन्दा बढी अफगानिस्तान नागरिकलाई विदेशमा शरणार्थीका रूपमा ब्यवस्थापन गर्नका लागि तयारी गरिएको संयुक्त राष्ट्रसंघले शुक्रबार जनाएको छ।

National life

संयुक्त राष्ट्रसंघ शरणार्थीमामिला हेर्ने निकायकी उप उच्चायुक्त केली क्लेमेन्ट्सले सञ्चारकर्मीहरूसँग भने, ‘हामी यस क्षेत्रमा लगभग पाँच लाख नयाँ शरणार्थीहरूको व्यवस्थापनका लागि तयारी गर्दैछौँ। यो पक्कै पनि सुखद अवस्था होइन।’ 

अफगानिस्तानमा तालिबान समूह राजधानी काबुलसमेत करिब सबै प्रान्त कब्जा गरेपछि तालिबान समूहले यस पहिले देखाएका अतिवादी क्रियाकलापका कारण अफगानिस्तानमा रहेका विदेशीका साथै स्वदेशी आम नागरिक तालिबानले गर्नसक्ने कठोर शासनको कल्पना गर्दै काबुल लगायत अफगानिस्तानका प्रमुख सहरबाट बाहिरिने क्रम जारी रहेको छ। यद्यपि कतिपय मुलुकले सुरक्षाको समस्या देखाउँदै उद्धार कार्यलाई स्थगित गरेका छन्। 

तालिबान समूहले भने सबै स्वदेशी तथा विदेशी अधिकारीलाई आफ्नो कारणले देश छोड्नु नपर्ने सञ्चारमाध्यममार्फत् सार्वजनिक अभिब्यक्तिहरूमा बताएको छ। 

तालिबानले अफगानिस्तानमा सरिया कानुनलाई मानेर बस्ने जोसुकैलाई पनि अफगान भूमि सुरक्षित रहेको बताउँदै आएको छ। यद्यपि उनीहरूको भनाइ र गराइमा तादम्यता भने देखिएको छैन। -एएफपी

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 28, 2021| 10:30 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।