काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरू चाक्सीबारीमा जुटेका छन्। तीन दिन यता पौडेल पक्षीय नेताहरू प्रकाशमान सिंहको निवासचाक्सीबारीमा जुटिरहेका छन्।
पौडेल पक्षीय नेताहरूको शनिबार बिहानको बैठकमा उनी पक्षीय जिल्ला सभापतिहरू पनि सहभागी छन्। बैठक महाधिवेशनका विषयमा केन्द्रीत रहेको बताइएको छ।
१४औं महाधिवेशन नजिकिएसँगै पौडेलले आफूपक्षीय नेताहरूसँगको छलफललाई तीब्रता दिएका छन्।