बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • श्रीलंकामा एकैदिन २०० भन्दा बढी कोरोना सङ्क्रमितको मृत्यु

श्रीलंकामा एकैदिन २०० भन्दा बढी कोरोना सङ्क्रमितको मृत्यु

श्रीलंकाले विगत २४ घण्टाको अन्तरालमा २०० भन्दा बढी मानिसका मृत्यु भएको भन्दै देशभर जारी कडा निषेधाज्ञा आदेशलाई थप एक हप्तासम्म बिस्तार गर्ने भएको छ।
 |  शनिबार, भदौ १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १२, २०७८

श्रीलंका- श्रीलंकाले विगत २४ घण्टाको अन्तरालमा २०० भन्दा बढी मानिसका मृत्यु भएको भन्दै देशभर जारी कडा निषेधाज्ञा आदेशलाई  थप एक हप्तासम्म बिस्तार गर्ने भएको छ। 

National life

‘देशभर लगाइएको कडा प्रतिबन्धको अवधि आगामी मंगलबारदेखि अन्त्य हुनेगरी व्यवस्था भएपनि अझै सङ्क्रमण दरमा नियन्त्रण नआएको भन्दै सरकारले सेप्टेम्बर ६ सम्मका लागि कडा प्रतिबन्धात्मक व्यवस्थालाई बिस्तार गर्ने तयारी गरेको हो,’ स्वास्थ्य मन्त्री केहेलिया रामबुकवेलाले भने। 

श्रीलंकमा कार्यरत विश्व स्वास्थ्य संगठनका विशेषज्ञहरूलगायत ३३ जना प्रमुख स्वास्थ्य विशेषज्ञहरूले अझ कडा प्रतिबन्ध लगाउन आह्वान गरेपछि सरकारले लकडाउनको अवधिलाई थप बिस्तार गर्ने तयारी गरेको हो।

अस्पतालहरूले डेल्टाको प्रभावको फैलावट सामना गर्न असम्भब भएको भन्ने विज्ञहरूको चेतावनी र दबावपछि राष्ट्रपति गोताबाया राजपाक्षले अगस्त २० देखि १० दिने बन्द गर्ने विषयमा सहमति जनाएका थिए। 

श्रीलंकामा कोरोनाभाइरस सङ्क्रमित संख्यामध्ये बिहीबारसम्ममा आठ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। पर्यटनका लागि प्रसिद्ध यस एशियाली मुलुकमा अहिलेसम्म कूल चार लाख १२ हजार ३७० व्यक्ति सङ्क्रमित भएका छन्। सङ्क्रमण दर र मृत्यु दरका हिसाबले हेर्दा यो एसियाकै सबैभन्दा खराब प्रभावित देशहरूमध्ये एक भएको छ।

Laxmi sunrise bank
kumari

चिकित्सकहरूले आधिकारिक तथ्याङ्कमा सङ्क्रमित र मृतकको देखिएको उक्त सङ्ख्याभन्दा महामारीका कारण दुई गुणा बढी पिडित भएको हुनसक्ने अनुमान सार्वजनिक गरेका छन्। यहाँका अधिकारीहरूले अस्पताल तथा चिहानहरूमा थुप्रिएका लासहरू सफा गर्न सामूहिक चिहानहरूको सहारा लिएका छन्। 

सरकारले भाइरस फैलिनलाई रोक्न खोप अभियानमा मुख्यतया भर परेको देखिन्छ। यहाँको दुई करोड १० लाख जनसङ्ख्यामध्ये ६४ लाखभन्दा बढीले दुबै मात्रा खोप लगाइसकेका छन्। अस्पतालमा देखिएको सङ्क्रमितको भीडका कारण अस्पतालहरूलाई उपचारमा निकै समस्या परिरहेको छ। -एएफपी

प्रकाशित: Aug 28, 2021| 09:40 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।