बुधबार, फागुन २७, २०८२

भारतले एकैदिन लगायो १ करोडभन्दा बढी डोज खोप

'आज सर्वाधिक बढी भ्याक्सिन लगाइएको छ। १ करोडभन्दा बढी डोज खोप एकैदिन लगाउनु ठूलो उपलब्धि हो। भ्याक्सिन लगाएका र भ्याक्सिन लगाइदिने काममा खटिएका सबैलाई बधाई,' प्रधानमन्त्री मोदीले गरेको ट्विटमा उल्लेख छ।
 |  शनिबार, भदौ १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १२, २०७८

नयाँदिल्ली- भारतले एकैदिन १ करोडभन्दा बढी डोज कोरोनाविरुद्धको खोप लगाएको छ। शुक्रबार मात्र भारतमा १ करोड २ लाख डोज खोप लगाइएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरेका हुन्। यो एकैदिन लगाइएको हालसम्मकै बढी हो। 

National life

'आज सर्वाधिक बढी भ्याक्सिन लगाइएको छ। १ करोडभन्दा बढी डोज खोप एकैदिन लगाउनु ठूलो उपलब्धि हो। भ्याक्सिन लगाएका र भ्याक्सिन लगाइदिने काममा खटिएका सबैलाई बधाई,' प्रधानमन्त्री मोदीले गरेको ट्विटमा उल्लेख छ। 

यसअघि भारतमा एकैदिन ८८ लाख भ्याक्सिन लगाइएको थियो। उक्त रेकर्डलाई मंगलबारको परिमाणले पछाडि पारेको हो। 

'हामीले खोप अभियान सुरु गरेदेखि हालसम्मकै सबैभन्दा बढी परिमाणमा शुक्रबार खोप लगाइएको छ,' भारतीय स्वास्थ्य मन्त्रालयले भनेको छ। हालसम्म ४८ करोड १० लाखभन्दा बढी मानिसलाई पहिलो डोज खोप लगाइएको छ भने १४ करोड १० लाखभन्दा बढीलाई दोस्रो डोज दिइएको मन्त्रालयले बताएको छ। 

शुक्रबार उत्तर प्रदेशमा मात्र २९ लाख डोज खोप लगाइएको थियो भने कर्नाटकमा ११ लाख डोज र महाराष्ट्रमा ९ लाख  ९० हजार डोज खोप लगाइएको मन्त्रालयको तथ्यांक छ।

Laxmi sunrise bank
kumari

भारताको कोभिड-१९ कार्यदलका प्रमुख एनके एरोराले एकैदिनमा अझ बढी संख्यामा भ्याक्सिन लगाउन सकिने बताए। 'हाम्रो स्वास्थ्य प्रणालीमा एकै दिन शुक्रबारको भन्दा पनि बढी डोज खोप परिचालन गर्न सक्ने क्षमता छ। भ्याक्सिन उपलब्ध पनि छ। हामी एकै दिनमा १ करोड २५ लाख डोज खोप परिचालन गर्न सक्छौँ,' उनले भने। आगामी दिनमा अझ बढी डोज खोप लगाउन सकिने उनको भनाइ छ। 

प्रकाशित: Aug 28, 2021| 09:42 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।