नवलपरासी- नारायणी नदीमा पानीको सतह खतराको विन्दूमा पुगेको छ। जिल्ला प्रशासन कार्यालयले पानीको सतह ७ दशमलव ३३ मिटरभन्दा माथि गएको जनाएको छ।
पानीको सतह बढेसँगै आसपासमा सर्तकता अपनाइनुका साथै त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ। प्रशासनले नारायणी नदी आसपासमा सतर्कता अपनाउन सर्वसाधारणलाई आह्वान गरेको छ।
नारायणी नदीको मुहान रहेको मुक्तिनाथदेखि पुछाराको त्रिवेणीधामसम्मका सबै खोला बढेको र वर्षा नरोकिएका कारण नारायणीमा पानीको सतह बढ्दो अवस्थामा रहेको प्रशासनले जनाएको छ। अहिले बिहान ७ बजे गण्डकमा पानीको बहाव ३ लाख ४ हजार क्युसेक प्रतिसेकेन्ड रहेको छ।