बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तत्काल उद्धार, राहत र अस्थायी बसोबासको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन

तत्काल उद्धार, राहत र अस्थायी बसोबासको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन

विपद् व्यवस्थापन सम्बन्धमा गृह मन्त्रालयमा शुक्रबार भएको बैठकमा मन्त्री खाँणले वर्षा भोलिसम्म पर्ने सम्भावना रहेको भन्दै क्षति हुने सम्भावना भएका क्षेत्रका पूर्व तयारी गर्न निर्देशन दिएका हुन्।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपत्तिबाट अप्ठेरोमा परेकाहरूलाई तत्काल उद्धार, राहत र अस्थायी बसोबासको व्यवस्था गर्न सरोकारवाला निकायका पदाधिकारीहरूलाई निर्देशन दिएका छन्। विपद् व्यवस्थापन सम्बन्धमा गृह मन्त्रालयमा शुक्रबार भएको बैठकमा मन्त्री खाँणले वर्षा भोलिसम्म पर्ने सम्भावना रहेको भन्दै क्षति हुने सम्भावना भएका क्षेत्रका पूर्व तयारी गर्न निर्देशन दिएका हुन्। 

'अहिलेसम्म विपत्तिमा परेकाहरूको उद्धार, राहत र आवश्यक परेको स्थानमा बस्ती स्थानान्तरण गर्न देखाएको क्रियाशीलता सह्रानीय छ,' मन्त्री खाँणले भने, 'वर्षा अझै हुने र क्षति हुने सम्भावना भएका स्थानमा कसरी रोक्न सकिन्छ, पूर्व तयारी गर्नुहोला, सबैको समन्वयमा काम भइरहेकै छ, अझै पनि समन्वयमै काम हुन आवश्यक छ।'

कतिपय स्थानमा पुल बगेर सडक र राजमार्ग नै अवरुद्ध भएका र बढी वर्षात भएका कारण गाउँ र बस्ती नै डुबानमा परेकाले ती अवस्थाबाट सहजता ल्याउन के गर्नु पर्ने हो समन्वय गर्न मन्त्री खाँणले निर्देशन दिए। सडक अवरुद्ध भएका स्थानमा डाइभर्सन, बेलिबृज निर्माण र जनशक्ति खटाएर उद्धार गर्ने काममा तदारुकता देखाउन पनि उनले आग्रह गरे। 

गृह सचिव टेकनारायण पाण्डेले शनिबार बिहानसम्म निरन्तर वर्षा हुने सम्भावना रहेकाले समन्वयमा काम गरिने बताए। 'विपद्मा परेकालाई सुरक्षित स्थानमा ल्याउने, अस्थायी बसोबास निर्माण गर्ने कार्य एकीकृत रूपमा समन्वयात्मक तरिकाले काम गर्नुपर्छ,' गृह सचिव पाण्डेले भने। 

बैठकमा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, नेपाली सेनाका सहायक रथी रामनाथ ढुङ्गाना, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक पुष्पराम केसी, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्ररमणि पोखरेल, जलस्रोत तथा सिँचाइ विभाग, खानी तथा भूगर्भ विभाग, सडक विभागबाट आ–आफ्नो कार्यक्षेत्रमा पर्ने स्थानमा वर्षापछि भएको क्षतिबारे विवरण प्रस्तुत भएको थियो। 

बैठकमा मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव हुमकला पाण्डेले अहिलेसम्म वर्षापछि भएको प्राकृतिक विपत्तिबारेको तथ्याङ्क प्रस्तुत गरेकी थिइन्। उनका अनुसार जेठ ३१ गतेदेखि अहिलेसम्म ८५ जनाको मृत्यु भएको र ४४ जना बेपत्ता छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डमा दुई पुल र केही डाइभर्सन भत्किएकाले सडक अवरुद्ध रहेको तथा विभिन्न स्थानमा बाढी र पहिरोले गराएको क्षतिबारे जानकारी गराएकी थिइन्।

प्रकाशित: Aug 27, 2021| 22:32 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।