सोल (दक्षिण कोरिया)- गैरआवसीय नेपाली संघ (एनआरएनए)को दशौँ केन्द्रीय महाधिवेशनमा एसिया प्रशान्त क्षेत्र क्षेत्रीय संयोजक पदमा विनोद कुँवरले उम्मेदवारी दिने भएका छन्।
एनआरएनए राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको दुई कार्यकाल अध्यक्ष पद सम्हालेका कुँवरले एसिया क्षेत्र उपसंयोजकको जिम्मेवारी बहन गरिसकेका छन्।
म्याग्दीका कुँवर दक्षिण कोरियालाइ कार्यथलो बनाएर एनआरएन स्थापनाकालदेखि नै सक्रिय छन्। संस्थागत सबलिकरणका गर्दै विदेशमा सिकेको ज्ञान, सिप र प्रविधि नेपालमा हस्तान्तरणमा सहयोग गर्न आफ्नो उम्मेदवारी भएको कुँवरको भनाइ छ।