शनिबार, असार २१, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश १ : मुख्यमन्त्री भएको भोलिपल्टै आचार्य र एमाले नेतृत्वबीच खटपट

प्रदेश १ : मुख्यमन्त्री भएको भोलिपल्टै आचार्य र एमाले नेतृत्वबीच खटपट

आचार्यले आफूनिकटका दुई जनालाई मन्त्री नियुक्त गर्ने तयारी गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नै फोन गरेर न्यौपानेलाई मन्त्री बनाउन निर्देशन दिएका थिए।
 |  शुक्रबार, भदौ ११, २०७८
nespernesper

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शुक्रबार, भदौ ११, २०७८

vianetvianet

विराटनगर : मुख्यमन्त्री भीम आचार्य मन्त्रिपरिषद् विस्तारको सुरुै विवादमा फसेका छन्। शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेपछि संखुवासभाका तुलसी न्यौपानेलाई नछुटाउन निवर्तमान मुख्यमन्त्री शेरधन राईले सुझाव दिएका थिए। तर, आचार्यले आफूनिकटका दुई जनालाई मन्त्री नियुक्त गर्ने तयारी गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नै फोन गरेर न्यौपानेलाई मन्त्री बनाउन निर्देशन दिएका थिए।

यसअघि माधकुमार नेपाल समूहमा रहेका न्यौपाने सर्वाेच्च अदालतको आदेशबाट एमाले–माओवादी केन्द्र अलग भएपछि ओली समूहमा लागेका हुन्। पार्टी अध्यक्षको निर्देशन आउँदा पनि न्यौपानेलाई मुख्यमन्त्रीले मन्त्री नियुक्त नगरेको एमाले सांसद राजकुमार ओझाको भनाइ छ।

शुक्रबार दिनभर चलेको विभिन्न चरणको छलफलमा मन्त्री बन्ने आकांक्षा धेरैले देखाएका थिए। आचार्यले भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा जाने सम्भावना रहेका १० जनामध्येबाट मन्त्री बनाउने प्रयास गरेका थिए। तर, १० जना नै सम्पर्कमा नआएका कारण उनको प्रयास सफल हुन नसकेको एक नेताले बताए।

सरकार टिकाउन एमालेमा नखुलेकालाई तान्ने रणनीति  

मुख्यमन्त्री आचार्यले पदभार ग्रहण गरेको भोलिपल्ट २ जना मन्त्री नियुक्त गरेका छन्। एमालेमा माधवकुमार नेपाल समूहमा रहेका दुई मन्त्रीलाई नियुक्त गरेर जसरी पनि एमाले नेतृत्वको सरकार टिकाउने खेलमा मुख्यमन्त्री आचार्य लागेका हुन्। आचार्यले आफ्नो गुटका लछुमन तिवारीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र बलबहादुर सामसोहाङलाई सामाजिक विकासमन्त्री नियुक्त गरे। 

नेपाल समूहका सांसदलाई मन्त्री बनाएर भए पनि नेकपा एकीकृत समाजवादीमा जानबाट रोक्ने रणनीतिमा मुख्यमन्त्री आचार्य रहेको उनी निकट एक नेता बताउँछन्। 

विश्वासको मत नपाउँदासम्म सानो मन्त्रिमण्डल बनाएर सरकार सञ्चालन गर्ने मुख्यमन्त्री आचार्यको तयारी छ। उनलाई पार्टी नेतृत्वले नेपाल समूहमा रहेका २ देखि ३ जनासम्म सांसदलाई रोक्नुपर्ने जिम्मेवारी दिएको स्रोतले बतायो। विभाजनअघि ओली समूहमा रहेकाहरुलाई वर्तमान सरकारमा प्राथमिकताको सूचीमा राखिएको छैन। नेपाल समूह छाडेर एमालेमै रहेकाहरु प्राथमिकताको सूचीमा छन्। 

आठ सांसद एमालेमा खुले 

प्रदेशसभामा ५१ सदस्य रहेको एमालेमा १८ जना माधव नेपाल समूहमा थिए। तीमध्ये ८ जनाले एमालेमै रहने निर्णय लिइसकेका छन्। एमाले विभाजनअघि नेपाल समूहमा रहेकामा पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरे, सांसदहरु तुलसी न्यौपाने, लीलाबल्लभ अधिकारी, यशोदा अधिकारी, सुनसरीकी सावित्री जोशी, तेह्रथुमका लक्षुमन तिवारी, ताप्लेजुङका बलबहादुर साम्सोहाङ र होमकुमारी साँवा एमालेमा फर्किएका छन्। उनीहरु बिहीबार संसदीय दलको बैठकमा सहभागी पनि भए।

नेपाल समूहमा रहेका सांसदमध्ये भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, पाँचथरका गणेश काम्बाङ र मोरङकी कृष्णकुमारी राई नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य बनिसकेका छन्। यस्तै मोरङकै उपेन्द्र घिमिरे र सावित्रा रेग्मी, उदयपुरकी सुनिता चौधरी, इलामकी खिनु लङ्वा लिम्बू, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङ पनि एकीकृत समाजवादीमा रहने दाबी सो पार्टीको छ। उनीहरु बिहीबारको एमाले बैठकमा सहभागी थिएनन्।

१० जना माधव समूहमै रहे नयाँ सरकार बनाउन पुग्छ। कांग्रेस, माओवादी, जसपासहितको गठबन्धनमा रहेको माधव समूहले नयाँ सरकार बनाउन पहल थालिसकेको एकीकृत समाजवादीका नेता राजेन्द्र राईले बताए। दल रोज्नका लागि २१ दिनको समय दिएकाले पनि केही सांसद खुल्न बाँकी रहेको बताइएको छ। नेपाल समूहबाट एमालेमै रहने निर्णय गरेका जीवन घिमिरे, तुलसी न्यौपाने, लीलाबल्लभ अधिकारी आगामी मन्त्रिपरिषद् विस्तारमा पर्दै जाने बताइएको छ। 

प्रकाशित: Aug 27, 2021| 21:15 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।