एजेन्सी- डच च्याम्पियन क्लब आयाक्स च्याम्पियन्स लिग छनोटको प्लेपलमा प्रवेश गरेको छ। मंगलबार राती भएको खेलमा पाओक थिसालोनिकीलाई ३-२ गोलले पराजित गर्दा समग्रहमा ५-४ को जित सहित च्याम्पियन्स लिगको प्लेअफमा प्रवेश गरेको हो ।
पहिलो लेगमा दुबै टोलीले २-२ को बराबरी खलेको थियो । दोस्रो लेगमा भने आयाक्सले पछि परेको अवस्थालाई उल्टाउँदै पाओकलाई पराजित गरेको हो । खेलको २३औं मिनेटमा डिएगो विशेषवारले गोल गरेपछि आयाक्स खेलमा पछि परेको थियो ।
४३औं मिनेटमा डुसान टाडिकले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । ७९औं मिनेटमा निकोलसले गोल गर्दै आयाक्सलाई २-१ ले अघि बढाए । ८५औं मिेनटमा डुसान टाडिकले पेनाल्टीमा नै व्यक्तिगत दोस्रो गोल गर्दै आयाक्सलाई ३-१ को अग्रता दिलाए ।
खेलको इन्जुरी समयमा डिएगोले गोल गर्दै गोल अन्तर घटाउने प्रयास गरेपनि हार टार्न सकेन । डच च्याम्पियन आयाक्सले अब च्याम्पियन्स लिगको समुह चरणमा स्थान बनाउन अपोइल निकोसियासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४