बिहीबार, वैशाख ३, २०८३

साफ च्याम्पियनका लागि खेलाडी छनोट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यु-१८ च्याम्पियनसिप फुटबलका लागि नेपालले प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले मंगलबार प्रशिक्षणमा रहेका ४६ खेलाडीमध्येबाट प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरेको हो।

प्रशिक्षणमा आएका ४६ खेलाडीमध्ये पहिलो चरणमा १६ खेलाडी टिमबाट बाहिरिएका हुन् । साफ यु-१८ फुटबल च्याम्पियनसिप आगामी असोज ३ देखि १२ गतेसम्म हुनेछ । छनोट हुने खेलाडीमा गोेलरक्षक विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी र पुजन होना छन् । 

त्यस्तै डिफेन्डरमा विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, सुजन शर्मा, नवीन गुरुङ, रोहन दोङ, विश्रान्त बस्नेत, एरिक लिम्बू र एन्जल महर्जन छन् । मिडफिल्डरमा शिशिर लेखी, दिपेश गुरुङ, रोशन रानामगर, रञ्जन पुन, आकाश बुढामगर, रेजिन माझी, जया गुरुङ, मनिष थापा, कुशस पौडेल र नितिन थापा छन् । 

त्यसैगरी स्ट्राइकरमा ब्रिजेश चौधरी, साचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डांगी छन् । हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुने उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा पाकिस्तान, माल्दिभ्स र भूटान छन् । नेपालले पहिलो खेलमा पाकिस्तानको सामना गर्नेछ ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।