बिहीबार, वैशाख ३, २०८३

नेयमारबारे वार्ता गर्न बार्सिलोनाको टोली पेरिसमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- स्पेनिस ला लिगा क्लब बार्सिलोनाको टोली आफ्ना पूर्व स्टार खेलाडी नेयमारलाई फ्रान्स लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)बाट क्याम्प नाउमा फर्काउन पहिलो पटक पेरिस पुगेको स्पेनिस सञ्चारमाध्यमले जनाएको छ । बार्सिलोनाको टोली नेयमारका लागि ८० मिलियन यूरो र काउटिन्हो प्रस्ताव लिएर पेरिस पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको हो ।  

पिएसजीसँग वार्ताका लागि पेरिस पुगेको बार्सिलोनाको एक प्रतिनिधिमण्डको टोलीले वार्तालाई तिव्रता दिएको छ । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमुले नेयमारलाई आफ्नो क्लबमा भित्र्याउन कुनै कसर बाँकी नछोड्ने पक्षमा देखिन्छन् । तर, यता पिएसजी भने बार्सिलोना भन्दा रियल म्याड्रिड जानसक्ने अपेक्षा राख्दै आएको छ । 

त्यसैले बार्सिलोनाको प्रतिनिधि टोली एएफसीका प्रतिनिधिसँग भेटेर पिएसजीले नेयमार आफूलाई दिन किन अनिच्छुक देखिएको भन्नेबारे समेत बुझ्ने प्रयास गर्ने जनाएको छ । उनीहरुले फ्रान्सका पूर्व दिग्गज खेलाडी एबाइडलसँग पनि भेट्ने छन् । 

बार्सिलोना र रियल म्याड्रिड दुबै नेयमारलाई आ-आफ्नातर्फबाट ला-लिगा खेलाउन प्रतिस्पर्धा गरिरहेका छन् । तर, बार्सिलोना नेयमारलाई जसरी पनि रियल जानबाट रोक्ने पक्षमा देखिन्छ । 

बार्सिलोनाले मंगलबार पीएसजीसमक्ष औपचारिक प्रस्ताव राख्नेछ र सम्भवतः अबाइडलले कौटिन्होलाई अघि सार्दै पिएसजीले मागेको रकम कम गर्ने प्रयास गर्नेछन् । तर, पीएसजी भने नेयमारलाई नगदमै बेच्न इच्छुक देखिन्छ । 

यद्यपि, मंगलबारको बैठकले पनि अन्तिम निर्णय नहुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । अझै पनि खेलाडी ट्रान्सफरका लागि यूरोपियन विन्डोको समय बाँकी नै छ । अहिलेलाई भने नेयमार पिएसजी छोड्न चाहन्छन् र बार्सिलोना उनलाई लिन निकै इच्छुक छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।