बिहीबार, वैशाख ३, २०८३

सन्दीपलाई अमेरिकी दूतावासले ‘रिभ्यू’ का लागि बोलायो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकी दूतावसले फेरि ‘रिभ्यू’का लागि बोलाएको छ। यसअघि भिसा दिन आनाकानी गरेको अमेरिकी दुतावसले अन्ततः ‘रिभ्यू’का लागि बोलाएको हो। 

सेप्टेम्बर पहिलो सातादेखि सुरु हुने क्यारेबियन प्रिमियर लिग (सिपिएल)का लागि सन्दीप सेप्टेम्बर पहिलो साता वेस्ट इन्डिज पुग्ने कार्यक्रम छ। त्यसअघि सन्दीपले अमेरिका भ्रमण गर्न चाहेका थिए।

सन्दीपलाई अमेरिकी दूतावासले बोलाएको नेपाली क्रिकेट टिमका व्यवस्थापक रमन सिवाकोटीले जनाएका छन्। सन्दीपले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न अमेरिका हुँदै जानका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए। 

यसअघि सन्दीपले ट्वीटरमा– 'सन् २०१६ देखि विभिन्न लिगमा विश्वभर देशको प्रतिनिधित्व गरिरहेको राष्ट्रिय खेलाडीको नाताले अमेरिकाको भिसा अस्वीकार गरिएकोमा चकित भएको छु' लेखेका थिए। उनी दोस्रो सिजन सिपिएल खेल्नका लागि बार्बाडस ट्राइडन्ट्स्मा ७८ लाख रुपैयाँमा आबद्ध भएका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।