बिहीबार, भदौ ४, २०८३

प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको प्रधानसेनापतिमा प्रभुराम शर्मालाई नियुक्त गरेकी छन्।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको प्रधानसेनापतिमा प्रभुराम शर्मालाई नियुक्त गरेकी छन्। राष्ट्रपतिले शर्मालाई आगामी २४ गतेबाट लागू हुने गरेर प्रधानसेनापतिमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका बलाधिकृत रथी प्रभुराम शर्मालाई शुक्रबार राष्ट्रपतिले प्रधानसेनापतिमा नियुक्त गरेकी हुन्। 

प्रधानसेनापति पूर्णचन्द्र थापाले भदौ २४ गतेबाट अनिवार्य अवकाश पाउँदैछन्। उनी अवकाश पाउनु एकमहिनाअघि नै घर बिदामा बसिसकेका छन्। थापा घर बिदामा बसेपछि सरकारले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो। अब भदौ २४ गतेबाट नेपाली सेनाको प्रधानसेनापतिका रुपमा शर्माले शपथ र पदभार ग्रहण गरेर औपचारिक जिम्मेवारी सम्हाल्नेछन्।

राष्ट्र संघको पूर्वी टिमोर र कंगोमा रहेको मिसनमा खटिने नेपाली फौजको कमान्ड गरेका उनी सन् २००८ देखि २०११ सम्म ढाकामा सैनिक सहचारी थिए। 

शर्माले सन् १९८४ मा श्री पुरानो गोरख गणबाट सैनिक जीवन आरम्भ गरेका थिए। भारतबाट नेसनल डिफेन्स कोर्स गरेका उनले अमेरिकाका विभिन्न शिक्षालयबाट तालिम लिएका छन्।

नेपाल–भारतबीच वार्षिक रूपमा सञ्चालन हुने सुरक्षासम्बन्धी उच्चस्तरीय बैठकमा भाग लिएको अनुभव पनि उनमा छ। युद्ध कार्य महानिर्देशक, सम्भाररथी महानिर्देशक र बलाध्यक्षजस्ता जंगीअड्डाभित्रका महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै उनी नेपाली सेनाको दोस्रो उच्च पद बलाधिकृतमा नियुक्त भएका थिए।

राष्ट्र संघको पूर्वी टिमोर र कंगोमा रहेको मिसनमा खटिने नेपाली फौजको कमान्ड गरेका उनी सन् २००८ देखि २०११ सम्म ढाकामा सैनिक सहचारी थिए। त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका उनले भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिक शास्त्रमा एमफलिसम्म अध्ययन गरेका छन्।

प्रकाशित: Aug 27, 2021| 18:08 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।