बिहीबार, वैशाख ३, २०८३

नेयमार भित्र्याउन बार्सिलोना भन्दा रियल अगाडि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- ब्राजिलियन स्टार खेलाडी नेयमारलाई अनुबन्धित गर्न बार्सिलोना भन्दा रियल अघि रहेको चर्चा चलेको छ । 

रियलले नेयमारलाई लिनका लागि पिएसजीसँग छलफल गरेको  खुलासा भएसँगै उनी रियल जाने समाचारहरु प्रकाशन हुन थालेका हुन् ।  पिएसजीका अध्यक्ष नासर अल-खे नेयमार रियललाई दिनका लागि  तयार भएको समाचारहरु आइरहेका छन् । 
 
रियल चाहिँ  ग्यारेथ बेल, जेम्स रोड्रिगिज र इस्को पीएसजीलाई दिन तयार रहेको बताइएको छ । पिएसजीका गोलरक्षक बुफोन इटालियन क्लब युभेन्ट्समा अनुबन्धित भएपछि  नाभास र थिवाउट कोउर्टोज मध्य एकको बारेमा पनि छलफल भइरहेको जनाइएको छ ।  

बार्सिलोनाले  गरेको इभान राकिटिक र फिलिप्पे काउटिन्हो सहितको प्रस्तावको तुलनामा रियलको प्रस्ताव ठूलो  भएकोले  रियल र पीएसजीबीच सहमति हुन सक्ने अनुमान गरिएको हो। पिएसजी नेयमारलाई कम्तिमा पनि २०० मिलियन युरोमा बेच्न चाहन्छ ।  २०० मिलियन युरो दिन नसकेमा एक खेलाडी र बाँकी रकम दिए पनि हुने उसको प्रस्ताव छ । 

 पिएसजीको उक्त प्रस्ताव रियलका लागि  स्वीकार्य छ । तर, बार्सिलोना भने नेयमारसँग आफ्ना खेलाडी मात्र साट्न चाहन्छ ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।