बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वी नवलपरासीमा पहिरोले घर पुर्दा एकै घरका तीन बेपत्ता

पूर्वी नवलपरासीमा पहिरोले घर पुर्दा एकै घरका तीन बेपत्ता

हुप्सेकोट गाउँपालिका–४ माथिल्लो चारघरेमा पहिरो आउँदा ५० वर्षीया धनमाया पुलामी, नातिनीहरू सात वर्षीया भूमिसरा पुलामी र ६ वर्षीया देउमाया पुलामी बेपत्ता भएको प्रहरीले जनाएको छ।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

काठमाडौं– अविरल वर्षाका कारण नवलपरासी पूर्वमा पहिरो जाँदा तीन जना बेपत्ता भएका छन्। हुप्सेकोट गाउँपालिका–४ माथिल्लो चारघरेमा पहिरो आउँदा ५० वर्षीया धनमाया पुलामी, नातिनीहरू सात वर्षीया भूमिसरा पुलामी र ६ वर्षीया देउमाया पुलामी बेपत्ता भएको प्रहरीले जनाएको छ। 

पहिरोमा ५० वर्षीय हस्तबहादुर पुलामी पनि पुरिएका थिए। उनलाई भने सकुशल उद्धार गरिएको छ। तीन जनाको खोजीका लागि जनपद र सशस्त्र प्रहरीका १६ जना प्रहरी खटाइएको छ। पहिरोमा पुरिएर घाइते भएका पुलामीको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: Aug 27, 2021| 13:39 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।