बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाढी-पहिरो र डुबानले देशैभर क्षति गरेपछि गृहमन्त्रीले बोलाए बैठक

बाढी-पहिरो र डुबानले देशैभर क्षति गरेपछि गृहमन्त्रीले बोलाए बैठक

गृहमन्त्री बालकृष्ण खाँडले विपद् व्यवस्थापन समितिको बैठक बोलाएका छन्।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँडले विपद् व्यवस्थापन समितिको बैठक बोलाएका छन्। उनका नीजि सचिव नरेन्द्र केसीका अनुसार दिउँसो तीन बजे मुलुकभर आएको बाढी पहिरो र डुवानपछि देखिएको अवस्थाबारे छलफल गर्न बैठक बोलाइएको हो। 

गृहमन्त्रीको अध्यक्षतामा विपद व्यवस्थापन प्राधिकरण र मन्त्रालयको विपद व्यवस्थापन महाशाखा तथा चारै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीसहित पछिल्लो अवस्थाका बारेमा छलफल गर्न लागिएको हो। अहिले विपदका कारण भएको क्षति र यसको रोकथाम प्रभावकारी रुपमा अघि बढाउने विषयमा आवश्यक निर्णय गर्ने बुझिएको छ।

प्रकाशित: Aug 27, 2021| 13:36 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।