काठमाडौं– संवैधानिक निकायमा गरिएको पदाधिकारी नियुक्ति खारेजीको माग गर्दै परेको रिटमा शुक्रबार सुनुवाइ सुरु हुने भएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अध्यादेशमार्फत संवैधानिक परिषदमा पदाधिकारी नियुक्त गरिएको थियो।
प्रधानन्यायाधीश चोलेन्द्रशममशेर राणा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो। इजलासमा सर्वोच्चका वरिष्ठतम न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडा रहेका छन्। सभामुख अग्नि सापकोटा, अधिवक्ता ओमप्रकाश अर्याललगायतले संवैधानिक परिषदका नियुक्ति असंवैधानिक रहेको भन्दै खारेजीको माग गरेका छन्। ओली नेतृत्वको सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायमा पदाधिकारी नियुक्त गरेको थियो।