एजेन्सी- कुनै पनि खेलाडीलाई लामो समय आफ्नो खेलबाट टाढा रहँदै मैदान उत्रिनु त्यती सजिलो भने हुँदैन् । तर अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभन स्मिथले टेस्ट क्रिकेटमा धमाकेदार पुनरागमन गरेका छन् । स्मिथ लगभग १६ महिना टेस्ट क्रिकेटबाट टाढा रहेका थिए । तर त्यसका बाबजुद पनि उनले शतकीय पारी खेले ।
स्मिथले इंग्ल्यान्डविरुद्धको जारी ‘एशेज सिरिज’को पहिलो पारीमा २१९ बलमा १६ चौका र २ छक्काको मद्दतमा १४४ रन जोडे । उनले उक्त शतकीय पारी त्यो समय खेले जुन समय टिमलाई यसको आवस्यक थियो ।
३० वर्षीय स्मिथले यस शतकसँगै सबै भन्दा छिटो २४ शतक बनाउनेको रेकर्डमा भारतीय क्रिकेटर विराट कोहली र सचिन तेन्दुलकरलाई पछि पारेका छन् । पूर्व कप्तान स्मिथले आफ्नो टेस्ट करीयरको ११८ औं पारीमा २४ शतक पुरा गरेका हुन् ।
कोहलीले आफ्नो १२३ औं टेस्ट पारीमा यो आँकडा पुरा गरेका थिए । त्यस्तै दिग्गज भारतीय क्रिकेटर सचिन तेन्दुलकरले १२५ र सुनिल गावस्करले १२८ औं पारीमा २४ शतक पुरा गरेका थिए ।
तर यो रेकर्ड भने दुनियाका सर्वकालिन महान खेलाडी अष्ट्रेलियाका सर डन ब्रयाडम्यानको नाममा छ । उनले मात्र ६६ औं पारीमा २४ शतक पुरा गरेका थिए । स्मिथ आफ्नो करियरको ६५ औं टेस्ट खेल खेल्दै छन् ।
‘एशेज सिरिज’मा स्मिथमा ९ शतक
स्मिथले हालसम्म ‘एशेज सिरिज’का ४२ पारी खेल्दा ६० भन्दा बढी औसतले रन बनाएका छन् । जसमा उनको ९ शतक छ । त्यस्तै यसमा पाँच शतक पछिल्लो वर्षको पारीका हुन् । स्मिथका पछिल्लो ९ पारीको स्कोर १४३, १४१*, ४०, ०६, २३९, ७६, १०२*, ८३ र १४४ रहको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४