बिहीबार, साउन २८, २०८३

मेस्सीलाई तीन महिना प्रतिबन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- अर्जेन्टिनी तथा बार्सिलोनाका सुपरस्टार खेलाडी लियोनल मेस्सीलाई तीन महिनाको प्रतिबनध लगाएको छ । स्टार खेलाडी मेस्सीलाई दक्षिण अमेरिकी फुटबल महासंघले अन्तराष्ट्रिय फुटबलमा तीन महिनाको प्रतिबन्ध लागाएको हो ।

महासंघले तीन महिनाको प्रतिबन्धसँगै ५० हजार अमेरिकी डलर जरिवाना लगाएको बिबिसी रिपोर्टमा उल्लेख छ । भरखरै ब्राजितमा सकिएको कोपा अमेरिका फुटबलमा पदाधिकारीहरुलाई मेस्सीले भ्रष्टचारको आरोप लगाएका थिए । 

३२ बर्षका मेस्सीले कोपा अन्तर्गत तेस्रो स्थानका लागि भएको चिलीविरुद्वको खेलमा रातो कार्ड सकेत पाएको थिए । सोकि खेल पछि मेस्सीले घरेलु टोली ब्राजिललाई उपाधि जिताउन सबै पदाधिकारी र संघको मिलोमतो रहेको गम्भिर आरोप लगाएका थिए । 

दक्षिण अमेरिकी फुटबल महासंघले मेस्सीले लगाएको आरोप निराधार रहेको र त्यसमा सम्मानको कमी देखिएको बताएको छ । त्यस्तै मेस्सीले दक्षिण अमेरिकी फुटबलमा चरम भ्रष्टचार हुने समेत आरोप लगाउँदै पदक लिन समेत अस्विकार गरेका थिए । 

मेस्सीले आफुमाथि गरिएको कारबाहीको बिषयमा ७ दिनभित्र अपिल गर्न सक्नेछन् । प्रतिबन्धसँगै मेस्सीले अर्जेन्टिनाले सेप्टेम्बर र अक्टोबरमा खेल्ने चिली, मेक्सिको र जर्मनीविरुद्व मैत्रीपूर्ण फुटबल गुमाउनेछन् । अर्जे्न्टिनाले सन् २०२२ को विश्वकप छनोट सन् २०२० को मार्चबाट सुरु गर्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।