बिहीबार, वैशाख ३, २०८३

नेयमारद्वारा एमबाप्पेको आग्रह अस्वीकार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी-फ्रान्सेली तथा पेरिस सेन्ट जर्मन (पिएसजी)का युवा स्टार स्ट्राइकर केलियन एमबाप्पे आग्रहलाई ब्राजिलियन स्टार नेयमारले अस्वीकार गरेका छन् । 

नेयमारले प्रि-सिजन प्रशिक्षणका लागि क्लबमा आएसँगै आफु पिएसजी छोड्न चाहेको बताउँदै आएका छन् । उनले पिएसजीबाट आफु बाहिर भएसँगै आफ्नो भविष्य बार्सिलोनामा देखेका छन् । उनलाई अनुबन्ध गर्न बार्सिलोनासँगै रियल पनि रहेको रिपोर्टमा उल्लेख छ । 

उनी बिहीबारदेखी ट्रफी डी च्याम्पियन्सका लागि पिएसजीको प्रशिक्षणमा सहभागी भएका छन् । तर, उनले प्रतिबन्धका कारण रेनेससँगको ट्रफी डी च्याम्पियन्समा सहभागीता जनाउन पाउने छैनन् । 

नेयरमालाई एमबाप्पेले विश्वकै महंगा खेलाडी बनेर पिएसजीमै रहन आग्रह गरेका थिए । एमबाप्पेले नेयमारलाई पिएसजीमा सँगै मिलेर उपाधि जित्न आग्रह गरेका थिए । तर रिपोर्टका अनुसार नेयमारले आफ्ना टिम सहकर्मीको आग्रहलाई अस्वीकार गरेको जनाएको छ । 

‘म चाहन्छु की उनी पिएसजी मै रहु्न । उनी पिएसजीका लागि एक महत्वपूर्ण खेलाडी हुन् ।’ एमबाप्पेले भने, ‘नेयमार सधै गुणले भरिपूर्ण खेलाडी हुन् । र उनी टिममै रहन म आग्रह गर्द छु ।’

त्यस्तै प्रशिक्षक थोमकस टुचेलले भने, ‘जब नेयमार प्रशिक्षणका लागि आए तब सबै खुसी थिए । किनकी उनीसँगै सबै खाले गुणत्व छ ।’ टुचेलले भने, ‘हिजो सम्म सबै राम्रो थियो । हामी उनलाई हामीसँग राख्न चाहन्छौ । तर, दुभाग्यपूर्ण उनी निलम्बित भएका कारण ट्रफी डे च्याम्पियनसमा हुने छैनन् ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।