एजेन्सी- ‘एशेज सिरिज’ सुरुवात भएसँगै सबैको ध्यान बल टेम्परीङ विवाद पछि टेस्ट टिममा फर्किएका तत्कालिन कप्तान स्टिभन स्मिथ र उपकप्तान डेविड वार्नरसँगै क्यामरुन बेनक्राफ्टमाथी थियो ।
पहिलो पारीमा नै वार्नर १४ बल खेल्दै २ रन जोडेर पेविलियन फर्किए भने बेनक्राफ्ट २५ बलमा ८ रन मात्र जोड्न सके । तर, स्मिथतले संकटमा परेको अष्ट्रेलियाको पारीलाई शतक प्रहार गर्दै केही हदसम्म राहात दिए । स्मिथले २१९ बलको सामना गर्दै १६ चौका र २ छक्काको मद्दतमा १४४ रनको शतकीय पारी खेले ।
१२२ रनमा अष्ट्रेलियाका आठ विकेट
मात्र १२२ रन पुग्दा अष्ट्रेलियाले आठ विकेट गुमाई सकेको थियो चौथो नम्बरमा ब्याटिङ गर्न मैदान प्रवेश गरेका स्मिथले शतकीय पारी खेलेका हुन् । नावौं विकेटको रुपमा पिटर सिडल ८५ बलमा ४४ रन जोडे ।
त्यतिबेला स्मिथ ८८ रनमा खेल्दै थिए। अन्तिम विकेटका लागि स्थिमले नेथन लियोनसँग मिल्दै ७४ को साझेदारी गरे । टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले खराव सुरुवात गरेको थियो ।
टिमका ६ ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । टोलीको स्कोर १७ पुग्दा अष्ट्रेलियाले दुई ओपनर ब्याट्सम्यान गुमाएको थियो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका उस्मान स्वाजा १३ रनम आउट भए ।
स्टुअर्ट ब्रडको नाममा पाँच विकेट
टेस्ट खेलम मात्र बलिङ गर्ने इंग्ल्यान्डका बलर स्टुआर्टले पहिलो पारीमा सर्वाधिक ५ विकेट लिए । उनले नै ओपनर ब्याट्सम्यानलाई सुरुवातमा नै पेविलियन फर्काए । राम्रो सुरुवात मिले पनि स्मिथ इंग्ल्यान्डका लागि तगारो बने ।
क्रिस वोक्सले तीन विकेट लिँदा बेन स्टोक्स र मोइन अलीले एक एक विकेट लिए । पहिलो दिनको पारीमा अष्ट्रेलियाले सबै विकेट गुमाउँदै २८४ रन जोडेको छ भने इंग्ल्यान्डले दुई ओभरमा विना विकेटको क्षतीमा १० रन जोडेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४