बिहीबार, वैशाख ३, २०८३

रियलमा मार्सेलोका १४ सिजन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- ला लिगाको नयाँ सिजन २०१९-२० सुरु हुँदै छ । यससँगै ब्राजिलियन डिफेन्डर मार्सेलोको रियलमा १४ औं सिजन सुरु हुने छ । 

४ च्याम्पियन्स लिग, ४ क्लब विश्वकप, ३ युइएफ सुपर कप, ४ ला लिगा, २ कोपा डेल’रे र ३ स्पेनिस सुपर कपको उपाधि जितेका मार्सेलोको नयाँ सिजन झनै उत्साह हुने आसा गरिएको छ । 

किनकी रियलले यस सिजन जिनेदीन जिदानलाई प्रशिक्षकको रुपमा पुनः क्लबमा अनुबन्ध गरेको छ भने केही विश्व फुटबलका उत्कृष्ट खेलाडीलाई समेत अनुबन्ध गरेका छ ।

रियलको उपकप्तान समेत रहेका मार्सेलो रियलमा सबै भन्दा बढी सिजन बिताउने विदेशी खेलाडी समेत हुन् । मार्सेलोले आफ्नो व्यवसाहिक फुटबल जीवनको उत्कृष्ट सम्झौता रियलसँग गरेका हुन् । 

घरेलु लिग क्लबमा दुई सिजन बिताएका उनले त्यसपछिका सबै सिजन रियलमा रहे । उनले आफ्नो खेल प्रदर्शन र महानतालाई सधै स्थिरतामा राखे । टिमका लागि उनको आक्रमक शैली सबै भन्दा महत्वपूर्ण छ । जसले पछिल्लो ११ सिजनमा ३६ गोल गरेका छन् ।
 
रियल मड्रिडका लागि विदेशी खेलडीको रुपमा उनले ४८६ खेल खेलका छन् । यससँगै उनी क्लबका लागि सर्वाधिक खेल खेल्ने विदेशी खेलाडीको दोस्रो स्थानमा छन् । पहिलो स्थानमा ५२७ खेल खेलेका रोबर्टो कार्सोस छन् । 

तर, मार्सेलोले आफ्ना पूर्व खेलाडीको तुलनामा ३३५ भन्दा बढी खेल जितेका छन् । यसको मत्लब यो हो की मार्सेलो रियलको इतिहासमा सर्वाधिक खेल जित्ने पहिलो विदेशी खेलाडी समेत हुन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।