बिहीबार, वैशाख ३, २०८३

नेयमार भित्र्याउन बार्सिलोनालाई पिएसजीले तोक्यो समयसीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- पेरिस सेन्ट जर्मन (पिएसजी) ले अन्ततः बार्सिलोनाका लागि ब्राजिलियन स्टार खेलाडी नेयमार अनुबन्ध गर्न समयसीमा तोकेको छ । यदी स्पेनिस ला लिगा क्लब बार्सिलोनाले नेयमारलाई अनुबन्ध गर्न चाहे पिएसजीले तोकेको समयसीमा भित्र अनुबन्ध गरीसक्नु पर्ने छ । 

नेयमार यतिबेला आफ्नो पूर्व क्लब फर्किन निकै उत्साहित छन् । तर, पिएसजीलाई बार्सिलोनाबाट कुनै औपचारीक प्रस्ताव नआएको रिपोर्टमा उल्लेख छ । नेयमारले पनि बारम्बार आफू पिएसजीमा खुसी नरहेको र बार्सिलोना फर्किन चाहेको बताउँदै आएका छन् । 

अब यदी बार्सिलोनाले उनलाई अनुबन्ध गर्न चाहे फ्रेन्च लिग च्याम्पियन पिएसजीले १० अगस्ट भित्र आफ्नो सुरुवाती लिग खेल सुरु हुनु भन्दा पहिले कुनै पनि सम्झौता पुरा गर्न माग गरेको छ । ट्रान्सफर विन्डोज स्पेन र फ्रान्स दुबैमा २ सेप्टेम्बरसम्म बन्द हुँदैन। तर, पिएसजी यस ट्रान्सफरलाई लम्ब्याउन नचाहेको बताइएको छ। 

रिपोर्टकाअनुसार बार्सिलोनाले अहिलेसम्म केवल एक पटक मात्र अनौपचारीकरुपमा सोधपुछ गरेको जनाएको छ। जसमा ४० मिलियन पाउण्ड नगदसहित इभान राकिटिक र फिलिप्प काउटिन्होलाई दिने एक प्रस्तावलाई अस्वीकार गरेको थियो। 

बार्सिलोनाका लागि एक सम्भावित विकल्प नेयमारलाई ऋणमा लिनु रहेको छ। यस सिजन नेयमारलाई बार्सिलोनाले ऋणमा लिए २०२० मा स्थायीरुपमा क्याम्प नाउमा नै राख्न सक्ने छ। पिएसजी पनि यस विकल्पका लागि तयार रहेको जनाइएको छ। जुन पिएसजीले मोनाकोबाट युवा स्टार केलियन एमबाप्पेलाई अनुबन्ध गरे जस्तै हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।